लागूऔषध कारोबारमा संलग्न सेनाका मेजरसहित दुई पक्राउ

लागूऔषध कारोबारमा संलग्न सेनाका मेजरसहित दुई पक्राउ

साउन २५, इटहरी ।

इटहरीबाट लागूऔषध ब्राउन सुगर कारोबार गरिरहेको अवस्थामा नेपाली सेनाका एक मेजरसहित दुईजना पक्राउ परेका छन् । 

लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले नेपाली सेनाका मेजर अजितकुमार सिंह र अर्का एक जनालाइ पक्राउ गरेको हो ।

पक्राउ परेका मेजरसहित दुवैलाई ब्युरोको टोलीले इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाएको छ। उनीहरूको साथबाट डेढ ग्राम ब्राउन सुगर बरामद भएको काठमाडौंस्थित लागू औषध नियन्त्रण ब्यूरोले बताएको छ।पक्राउ परेका मेजर सिंह नेपाली सेनाको पूर्वी पृतना कार्यालय इटहरीमा कार्यरत रहेको रहेको खुल्न आएको छ । 

घटनाबारे थप अनुसन्धान भैरहेको एसएसपी लामाले जानकारी दिएका छन् ।