चक्कु प्रहार गरी श्रीमानको हत्या

चक्कु प्रहार गरी श्रीमानको हत्या

साउन २६, काठमाडौं ।
चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा गोकर्णेश्वर नगपालिका-६ पुरानो शान्त भवन बस्ने मकवानपुर गढी गाउँपालिका-८ घर भएकी २५ वर्षीया शिला घलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको  छ । 

शिलाले २४ वर्षीय श्रीमान जालमान स्याङ्तानलाई सामान्य विवादको कारण तरकारी काट्ने चक्कुले छाती र ढाडमा  प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । 

घटनापछि महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले शिलालाई पक्राउ गरी  आवश्यक अनुसन्धान गरिरहेको छ ।