सप्तरीमा जीप दुर्घटना हुदा पत्रकार डायलसन अधिकारीको मृत्यु

सप्तरीमा जीप दुर्घटना हुदा  पत्रकार डायलसन अधिकारीको मृत्यु

साउन ३२, सप्तरी ।
सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । 

शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा बा १६ च २२३५ नम्बरको जीप दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको छ ।

पत्रकार अधिकारीसहितको टोली तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि पूर्वतर्फ जाँदै थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका  ३ का ३५ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत थिए ।