पूर्व राजदूत केशवराज झाको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

पूर्व राजदूत केशवराज झाको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

काठमाडौं, २ भदौ
काठमाडौं महानगरपालिका-१८ थापाथलीस्थित कुरीया गाउँ बस्ने पूर्व राजदूत ८० वर्षीय केशवराज झाको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे पनौती नगरपालिका-१० घर भएका सानुकान्छा तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

२०७५ भदौ ४ गते राति पूर्व राजदूत झालाई कर्तव्य गरी मारेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न झाकै घरमा सहयोगीको रुपमा काम गर्ने तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

सानुकान्छा उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।