जम्बु कश्मीर घटनालाई नजिकबाट नियालिरहेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली

जम्बु कश्मीर घटनालाई नजिकबाट नियालिरहेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली
तस्विर सौजन्य : द हिमालयन टाइम्स

भाद्र २,काठमाडौं ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारले जम्बु कश्मीर घटनालाई नजिकबाट नियालिरहेको बताएका छन् । 

भारतीय विदेश मन्त्री एस जयशंकरको आसन्न नेपाल भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा ‘क्षेत्रीय रुपमा र छिमेकमा समेत शान्ति र स्थिरताका पक्षमा नेपाल उभिएको छ, उनले भने, ‘सार्क संगठनका अध्यक्षका रुपमा पनि नेपालले राखेको धारणा एउटै छ, हामी क्षेत्रीय शान्तिका पक्षमा छौं ।"

नेपाल सदैव स्वतन्त्र, सार्वभौम र अखण्ड मुलुक रहिआएको र हामी कसैको अधिनमा कहिल्यै नपरेका परराष्ट्रमन्त्री ज्ञवालीले बताए । 

नेपाल भारत मन्त्रीस्तरीय संयुक्त बैठकमा भाग लिन जयशंकर भदौ ४ गते १ दिनका लागि नेपाल आउँदै छन्।