जिउँदा १२ वटा सुन गोहोरो सहित पक्राउ

जिउँदा १२ वटा सुन गोहोरो सहित पक्राउ

भदौ २, मोरङ
सुनवर्षी नगरपालिका-८ हर्चगढीबाट जंगली सकुशल अवस्थाको जिउँदा सुन गोहोरो १२ वटा सहित पथरी शनिश्चरे नगरपालिका-६ बस्ने ५९ वर्षीय जस बहादुर धिमाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 
    
प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले सिक्टीबाट डायनियातर्फ जाँदै गरेका साईकलयात्री जाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा ल्याई राखेको उक्त सुन गोहोरो सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
    
धिमाललाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मोरङ विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।