रवि लामिछानेसहित तीन जनालाई थप अनुसन्धानको लागी पाँच दिन म्याद थप

रवि लामिछानेसहित तीन जनालाई  थप अनुसन्धानको  लागी पाँच दिन म्याद थप

भदौ ३, काठमाडौं । 
आत्महत्या दुरुत्साहनअन्तर्गत पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जना अभियुक्तलाई अनुसन्धानका लागि जिल्ला अदालत चितवनले पाँच दिनको म्याद थपको अनुमति दिएको छ ।

साउन २० गते नारायणगढको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा चितवन प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

यसअघि शुक्रबार प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिनका लागि अदालत समक्ष पेस गरेको थियो । त्यो दिन पनि पाँच दिनको म्याद पाएको थियो । जुन म्याद सोमबार सकिएको थियो ।

उनीहरूमाथिको अनुसन्धान नसकिएपछि अदालतले पुनः पाँच दिनको म्याद थपको अनुमति दिएको हो ।