रुपन्देहीमा गोली चल्दा एकको ज्यान गयो

रुपन्देहीमा गोली चल्दा एकको ज्यान गयो

भदौ २९, काठमाडौं । 

रुपन्देहीमा गोली लागेर आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा अज्ञात समूहले चलाएको गोली लागेर ओमसतियाका ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

कुर्मीलाई कसले र किन गोली हानेको हो भन्नेबारे अनुसन्धान चलिरहेको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिएका छन् । स्थानीयले कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् । उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको छ ।