युएईमा भएको सवारी दुर्घटनामा परि ६ नेपालीसहित ८ जनाको मृत्यु

युएईमा भएको सवारी दुर्घटनामा परि ६ नेपालीसहित ८ जनाको मृत्यु

असोज १३, काठमाडौं । 
संयुक्त अरब इमिरेट्स ९युएई० मा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।

स्थानीय समयानुसार बिहान ४ बजे ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फस्र्ट सेक्युरिटी ग्रुपको मिनिबस एक लरीसँग ठोक्किएर दुर्घटना भएको हो । १४ सिटे उक्त मिनिबस दुर्घटनामा मृत्यु हुनेमा ६ जना नेपालीका साथै एक–एक पाकिस्तानी र भारतीय नागरिक रहेको युएईको अनलाइन गल्फ न्यूजले उल्लेख गरेको छ ।

दुर्घटनामा नेपाली नागरिक रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको नेपाली दूतावासले जानकारी दिएको छ ।

उनीहरुको नेपालस्थित ठेगाना भने खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ । घाइते हुनेमा एक बंगलादेशी र पाँच भारतीय नागरिक छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।