दरबारमार्गको क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा

दरबारमार्गको क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा

असोज २६, काठमाडौं । 
आइतबार बेलुका दरबारमार्गको क्लब भिक्ट्रीमा लागेको आगो करिब ३ घन्टापछि नियन्त्रणमा आएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार 'विद्युत् सर्ट भई लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ८ वटा दमकले ३ घन्टामा नियन्त्रणमा लिएका हुन् । आगलागीबाट क्लब भिक्ट्री पूर्ण रुपमा जलेर तहसनहस भएको छ ।'

आगो निभाउने क्रममा एक जना फायर फाइटर घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको डीएसपी बोगटीले जानकारी दिए ।