क्यान निलम्बन सर्तसहित फुकुवा

क्यान निलम्बन सर्तसहित फुकुवा

असोज २७, काठमाडौं । 
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० ले नेपाल क्रिकेट संघ ९क्यान० माथि लगाएको निलम्बन सर्तसहित फुकुवा गरेको छ।

दुबईमा सोमबार सम्पन्न आईसीसीको बोर्ड बैठकले जिम्बावे र नेपाललाई सर्तसहित निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।  तर, आईसीसीले सर्तहरु भने खुलाएको छैन। 

आइसिसीले २०७३ वैशाखमा सरकारी हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको थियो।  आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वको निर्वाचन गर्दै नयाँ कार्यसमिति चयन गरेपछि क्यान फुकुवा भएको हो । काठमाडौंमा गत असोज १० र ११ भएको साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो ।

"नेपालमा भएको प्रगतिलाई ध्यानमा राख्दै अब क्रिकेट एसोसिएसन अफ नेपाललाई सदस्यता मापदण्डको पूर्ण पालना गर्न सहयोग गर्ने र एउटा योजना तयार गरिनेछु, आईसीसीका चियरम्यान सशांक मनोहरले भनेका छन्, "जसमा वित्तीय कोष पनि समावेश हुनेछ।"