इन्टरपोलको महासभामा सहभागी हुन महानिरीक्षक खनाल चिली प्रस्थान

इन्टरपोलको  महासभामा सहभागी हुन महानिरीक्षक  खनाल चिली प्रस्थान

असोज २७, काठमाडौं । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ गते (१५ देखि १८ अक्टोबर, २०१९) सम्म संचालन हुने इन्टरपोलको ८८औं महासभामा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गरेका छन् ।

NCB नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक खनालसँग उक्त महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गरेका हुन् ।

महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने भएका छन् ।