बुद्ध एयरको जनकपुर काउन्टरमा सांसद साहले देखाए अभद्र ब्यवहार

बुद्ध एयरको जनकपुर काउन्टरमा सांसद साहले देखाए अभद्र ब्यवहार

असोज २७, जनकपुर । 
राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहले बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा अभद्र ब्यवहार  देखाएका छन् ।

प्रहरीका अनुसार सोमबार बिहान ११:४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि साहले आवेशमा आएर टेबल ठटाउदै कर्मचारीलाई धकलेको हुन्।

व्यवस्थापन पक्षले लापरबाही गरेका कारण यात्रुले दुस्ख पाएको भन्दै बुद्ध एयरका कर्मचारीसँग आक्रोशित बनेका सांसद साहले मुक्का बजार्दै कर्मचारीलाई धकेलेको प्रहरीले जनाएको छ।

साढे दुई बजे बल्ल बुद्ध एयरको जहाज आएपछि सांसद साह शान्त भए पनि बुद्ध एयरका कर्मचारीले चढाउन मानेका थिएनन्। तर, प्रहरीले झगडा मिलाएर साहलाई काठमाडौं उडाए।

घटना साधारण भएकाले साहलाई छोडिएको प्रहरीले जनाएको छ।