चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण ऐतिहासिक : सरकार

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण ऐतिहासिक : सरकार

असोज ३०, काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सफल मात्रै नभइ ऐतिहासिक भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । 
 
बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउन सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सफल भन्नका लागि मात्रै भनिएको नभइ बहुआयमिक विषयमा छलफल र समझदारीले प्रमाणित गरेको बताए ।

२३ वर्षपछि भएको चिनियाँ उच्च नेतृत्वको भ्रमणले दुईदेशबीच विश्वसनीता र समझदारी बढेको बताउदै प्रवक्ताले भने, '२० बुँदे समझदारी भएको छ, राजनीतिक र विकास लक्षित सम्बन्ध बलियो भएको छ साथै उच्च राजनीतिक नेतृत्वबीच विशिष्टिकृत सम्बन्ध स्थापित भएको छ।'