जाउलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

जाउलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु
तस्विर सौजन्य : kiran Acharya

कात्तिक १, काठमाडौं ।

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ शुक्रबारबाट जाउलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । 
 
फूलहरुको चाड तिहार आउनै लाग्दा ललितपुरमा फूलको  प्रदर्शनी सुरु भएको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० द्वारा आयोजित मेलाको उद्घाटन गर्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले व्यवसायको प्रवर्द्धनका लागि गर्नुपर्ने नीतिगत र लगानीलगायत विषयसहितको प्रस्ताव लिएर आउन फ्यानसँग आग्रहसमेत गरे । उनले भने, "पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि सहयोग गर्न सरकार प्रतिवद्ध रहेको छ।"

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा। युवकध्वज जिसीले पुष्प व्यवसायको विकास, विस्तार र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रलाई सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग जारी रहने बताए ।

जावलाखेलको खेल मैदानमा आयोजित १३ औ पुष्प प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन् ।

मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ ।