आलमलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

आलमलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
तस्विर सौजन्य : रिपब्लिका

कार्तिक ३, रौतहट ।

रौतहट हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलममाथि थप अनुसन्धान गर्न अदालतले सात दिन म्याद थप गरेको छ ।

आइतवार जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले आलममाथिको थप अनुसन्धानका लागि प्रहरीलाई थप पाँच दिनको म्याद दिएको हो । 

यसअघि अदालतले मंगलबार अनुसन्धानका लागि भन्दै सात दिनको म्याद दिएको थियो । घटना भएको १२ वर्षपछि आलामलाई प्रहरीले २६ गते रौतहटबाट पक्राउ गरेको थियो ।

१२ वर्ष अघिको विस्फोटमा परि घाइते भएकालाई इँट्टा भट्टामा हाली जिउँदै जलाएको आरोप आलममाथि लागेको छ । हत्या आरोपमा पक्राउ परेसँगै आलमको सांसद पद निलम्वनमा परेको छ ।