नेपाली भूमिबाट विदेशी सेना हटाउँछौं : प्रधानमन्त्री ओली

नेपाली भूमिबाट विदेशी सेना हटाउँछौं : प्रधानमन्त्री ओली
तस्विर सौजन्य : द हिमालयन टाइम्स

काठमाण्डौं, १ मंसिर
प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०सवद्ध युवा संघ नेपालको बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक इन्च नेपाली भूमि पनि मिच्न नदिने भन्दै नेपाली भूमिबाट आफ्ना सेना फिर्ता गर्न भारतलाई आग्रह गरेका हुन् ।

भारतले हालसालै जारी गरेको राजनीतिक नक्साबारे प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट पहिलो पटक आफ्नो पहिलो पटक धारणा राखेका राख्दै भने, ‘सरकार कसैलाई पनि हाम्रो एक इन्च पनि जमिन मिच्न दिँदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने भन्दै उत्श्रृंखल गतिविधि नगर्न समेत आग्रह गरे ।