पोखरामा मौसम बिग्रेपछि दुई हेलिकप्टर खेल मैदानमा अकस्मात अवतरण

पोखरामा मौसम बिग्रेपछि दुई हेलिकप्टर खेल मैदानमा अकस्मात अवतरण

पुस २, पोखरा । 
पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई अकस्मात खेल मैदानमा अवतरण गराइएको छ । 

बुधवार बिहान पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा  बिहान १०:१० बजेको समयमा पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिइएको हो। 

बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहे पनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेपछि विमान लामाचौरस्थित सेती नदी किनारको खेल मैदानमा अवतरण गराईको हो ।

हेलिकप्टरमा कुनै क्षती नभएको र मौसम खुल्ने वित्तिकै ती हेलिकप्टर उड्ने तयारीमा रहेको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए ।