सरकारले सीमा क्षेत्रमा ११४ वटा बीओपी स्थापना गर्ने

सरकारले सीमा क्षेत्रमा ११४ वटा बीओपी स्थापना गर्ने
file photo

पुस ३, काठमाडौं । 
देशको सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्नका लागी सरकारले ११४ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने निर्णय गरेको  छ । 

बिहिबार मन्त्रिपरिषद् बैठकको निर्णयहरु सुनाउन आयोजित नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले थप ११४ वटा बीओपी स्थापना गर्ने निर्णय भएको बताए ।

हाल मुलुकभर १०७ वटा बीओपी छन् भने अब ११४ वटा बीओपी थप गर्ने निर्णयसँगै बीओपी संख्या २२१ पुग्ने मन्त्री बाँस्कोटाले जानकारी दिए।