कोरियाको सीप परिक्षणमा ६ हजार ७ सय उर्तीण

कोरियाको सीप परिक्षणमा ६ हजार ७ सय उर्तीण

पुस ३, काठमाडौं । 
दक्षिण कोरियाको सीप परिक्षणमा ६ हजार ७ सय ७३ जना नेपाली उर्तीण भएका छन् ।

 रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षामा उर्तिण भएका  १२ हजार १० जनाबाट सीप परिक्षण गरिएको थियो । कोरियाको मानव संसाधन विभागले अन्तिम नतिजा प्रकाशन गरेसँगै ६ हजार ७ सय ७३ जना नेपालीका लागी रोजगारीको ढोका खुलेको हो । 

अन्तिम सूचीमा परेकाबाट रोजगारदाताले छनोट गर्नेछ । कोरियाले उत्पादन र कृषि क्षेत्रमध्ये कुनमा कति उर्तिण भएको भन्ने बारेमा खुलाइएको छैन। 

कोरियाले यसै वर्षदेखि पहिलोपटक सीप परिक्षण सुरु गरिएको हो।