अत्याधिक चिसो बढेपछि सिरहाका नगरपालिकामा विद्यालयहरु पाँच दिनका लागि बन्द

अत्याधिक चिसो बढेपछि सिरहाका नगरपालिकामा विद्यालयहरु पाँच दिनका लागि बन्द

१३ पुस, काठमाडौं ।
बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन कष्टकर बनेको  सिरहा नगरपालिकाको सबै  विद्यालयहरु पाँच दिनका लागि बन्द हुने भएका छन् । 

विगत केही दिनयता बढेको अत्याधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आइतबारदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको हो।

नगरपालिकाको शिक्षा शाखाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको हो ।

यस्तै अत्यधिक चिसो बढेपछि स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले ठाउँठाउँमा सर्वसधारणका लागि आगो ताप्न दाउरा बाल्नुका साथै न्यानो लुगा कम्बल, सिरकलगायतका सामग्री वितरण गर्दै आएका छन्।

केहि दिनदेखि घट्दै आइरहेको तापक्रम केहि दिन घट्दो क्रममा नै रहेने मौसम विभागले जनाएको छ ।