'सिद्धबाबा' लाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

'सिद्धबाबा' लाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

पुस १४,सुनसरी । 
महिला अनुयायीमाथी बलात्कार गरेको आरोप लागेका 'सिद्धबाबा' भनिने कृष्णबहादुर गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ । 

सोमबार न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

उनलाई आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोगमा गत मंसिर १६ गते अस्पतालबाट पक्राउ गरिएको थियो। तर उनले आफूमाथि लागेको आरोप झूट भएको दाबी गर्दै आएका थिए।