उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन

उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन

पुस १४, काठमाडौं । 
उखु किसानको बाकी रहेको बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

गृह मन्त्रालयले कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा आज प्रहरी मुख्यालयलाई निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो।

श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई  दुईदेखि पाँच वर्षसम्मको भुक्तानी दिएका छैनन् । उनीहरू सबैबाट गरी किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । 

चिनी मिलहरुले बक्यौता भुक्तानी नदिएपछि सर्लाही र रौतहटका करिब डेढ सय किसान यतिबेला न्यायको ढोका ढक्ढक्याउदै राजधानीमा आएका छन् । उनीहरूले संघर्ष समिति गठन गरेर विभिन्न चरणका आन्दोलन गरिरहेका छन् ।