प्रधानमन्त्री ओली मोदीबीच फोनवार्ता : दिए नयाँ वर्षको शुभकामना

प्रधानमन्त्री ओली मोदीबीच फोनवार्ता :  दिए नयाँ वर्षको शुभकामना
प्रधानमन्त्री ओली मोदीबीच फोनवार्ता :  दिए नयाँ वर्षको शुभकामना

१६ पुस, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीसँग टेलिफन वार्ता गर्दै अंग्रेजी नयाँ वर्षको शुभकामना दिएका छन् ।

नयाँ वर्ष २०२० को शुभअवसरमा आफुले फोन गरि शुभकामना आदान प्रदान गरिएको प्रधानमन्त्री ओलीले ट्वीट मार्फत जनाएका छन् ।

ओलीले  एक ट्विट गर्दै अंग्रेजी नयाँ वर्षको अवसरमा मोदीलाई शुभकामनासँगै नेपाल भ्रमणको निम्तो दिएको उल्लेख गरेका छन् ।

ओलीले लेखेका छन्, ‘सन् २०१९ मा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सफल रहेको निष्कर्ष निकाल्यौं र बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन सन् २०२० सफल रहेनमा हामीले विश्वास व्यक्त गर्‍यौं । मैले भारतीय प्रम मोदीलाई नेपाल भ्रमणको लागि पुनः आग्रह गरेँ ।’