माधवको बीमा जागरण गीत सावजर्निक

माधवको बीमा जागरण गीत सावजर्निक
तस्विर : Arjun Bhusal

८ माघ, काठमाडौं । 
बीमा चेतना अभिबृद्धि गर्न प्रकाशित गरिएको बीमा जागरण गीत ‘बीमा गरौ खुसी हुनलाई’को एक समारोहबीच सोमबार बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईंद्धारा बिमोचन गरिएको छ ।

बीमा समितिको प्रवद्र्धनमा मिडिया इन्टरनेसनलद्धारा प्रकाशित उक्त एल्वममा नीर्जिवन बीमा र जीवन बीमाको महत्वका बारे सरल ढंगले प्रकाश पारीएको छ । लोकलयमा आधारित उक्त गीतबाट ग्रामिण क्षेत्रमा बीमा पहुँच अभिबृद्धिमा सहयोगि हुने अपेक्षा गरिएको छ ।

बीमा समितिको हलमा आयोजित बीमा जनचेतनामूलक गीतको विमोचन गर्दै अध्यक्ष चापागाँईले गाउँ गाउँमा बीमा जनचेतना जगाउने काम जारी रहेको बताएका छन् । अध्यक्ष चापागाँईले बीमा समिति र बीमा कम्पनीहरु लगातार बीमा जनचेतना अभियानमा लागेको बताउँदै बिमोचित गीतले पनि गाउँ गाउँमा जनचेतना जगाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

गीतमा संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा सन्तोष श्रेष्ठ र सुधारत्नको स्वर रहेको छ भने उक्त गीतको रचनाकार माधव निर्दोष हुन् ।