एउटै औजारमा करोडौँ कमिसन खाने प्रवृतिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री ढकाल

एउटै औजारमा करोडौँ कमिसन खाने प्रवृतिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री ढकाल
तस्विर सौजन्य : RSS

८ माघ, कञ्चनपुर । 
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् ।

बुधबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैना स्वास्थ्य चौकीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र नबन्ने बताए ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका मन्त्री ढकालले नयाँ संविधान बनेपछिको निर्वाचित सरकारले २४२ वटा नयाँ कानून बनाएको बताउँदै महिलाका लागि अंश वंशको कानून बनाइएको र त्यसलाई व्यवस्थित गरिने, दलित समुदायका लागि जग्गा दिने कुरा कानूनमै उल्लेख गरिएकाले जग्गाको मालिक बनाएर नै छाड्ने दृढता व्यक्त गरे ।

अपराधी पत्ता नलाग्दासम्म क्षतिपूर्ति पाउनेसम्मको कानून निर्माण गरिएको पनि उनले बताए ।