कोरोना भाइरसको प्रभाव : नेपाल - चीन उडान बन्द

कोरोना भाइरसको प्रभाव : नेपाल - चीन उडान बन्द

२० माघ, काठमाडौं । 
चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि रोकथामको प्रयास स्वरुप नेपाल – चीन हवाई सेवा पनि बन्द गरिएको छ ।

चीनवाट दैनिक नेपाल आउने चार वायु सेवा कम्पनीहरुले उडान स्थगित गर्ने सूचना आएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंवाट दैनिक उडान गर्दै आएका चार वायुसेवा कम्पनीले पनि उडान स्थगितको सूचना दिएका छन्।

कोरना भाइरसकै कारण फेब्रवरी एक देखी नेपालको हिमालय एयरलाइन्सले चीनका तीन सहरमा उडान स्थगित गरिसकेको छ । फेब्रवरी ६ देखी बेइजिङ उडान समेत स्थगनको घोषणा गरेको छ।

अन्य विदेशी एयरलाइन्सले उडान स्थगित गरेसँगै त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ ।

यद्यपी नेपाल सरकारका तर्फबाट चीन हुने हवाई उडान स्थगित वा रद्दको कुनै निर्णय नगरेको प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिए ।