अनिश्चितकालका लागि श्रम स्वीकृति बन्द

अनिश्चितकालका लागि श्रम स्वीकृति बन्द

३० फागुन, काठमाडौं । 
चीनको वुहानबाट सुरु भएर विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको प्रभाव विश्वव्यापी बनेको छ । 

विश्वमा १ सय २७ वटा देशमा फैलिएको कोरोना भाइरसको लाई विश्व स्वास्थ्य संगठनले विश्व महामारीको घोषणा समेत  गरेका छ । जसको परिणाम स्वरुप नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेका लागि दिने गरेको श्रम स्वीकृति अनिश्चितकाल सम्मका लागि स्थगित गरेको छ । 

बिहीबार बसेको उच्चस्तरीय सम्वन्य समितिको बैठकले अर्को सूचना प्रकाशन नहुन्जेलसम्म नेपालका  श्रमिमको मुख्य गन्तव्य कतार, शाउदी, मलेसिया, यूएई लगायतका देशमा पनि अहिले कोरोना भाइरसको संक्रमण फैलिरहेकाले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति अनिश्चितकाल सम्मका लागि स्थगित गरेको हो।