नर्भिक अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु हल्ला मात्रै

नर्भिक अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु हल्ला मात्रै

चैत्र ८, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड-१९०) का बिरामी भेटिएको भनेर सामाजिक सञ्‍जालमा सेयर भइरहेका सन्देश भ्रमपूर्ण भएको नर्भिक अस्पतालले जनाएको छ । 

शनिबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा फैलाइएका सन्देश झुटो भ्रामक रहेको जनाएको हो। विज्ञप्तिमा लेखिएको छ, "यसखाले अपराधपूर्ण अफवाहको हामी कडा निन्दा गर्दछौं। हालसम्म नर्भिकमा कोभिड-१९ का कुनै पनि बरामी पत्ता लागेका छैनन्। यसमा हामी सबै निश्चिन्त र प्रष्ट हुनुपर्दछ।"

सरकारले कोरोनाको परीक्षण हुने अस्पतालको सूचीमा नर्भिक पर्दैन। भाइरसको परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुन्छ। 

नेपालमा हालसम्म भएको परिक्षणमा एक जनामा मात्र कोरोना संक्रमण देखिएकोमा उनी उपचारपछि निको भइसकेका छन्। पछिल्लो समय भएका परीक्षणमा संक्रमण देखिएको छैन।