सनसिटी अपार्टमेन्टमा गरिएको परीक्षणमा २ सय ९८ जनाको रिपोर्ट नेगेटिभ

सनसिटी अपार्टमेन्टमा गरिएको परीक्षणमा २ सय ९८ जनाको रिपोर्ट नेगेटिभ

३ वैशाख, काठमाडौं । 
कागेश्वरी मनोहरा नगरपालिका–९, पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’मा बसोबास गर्ने २९६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोनाभाइरस (कोभिड–१९) को परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

सोही अपार्टमेन्टमा बस्ने एकै परीवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले आजदेखि अपार्टमेन्टमा रहेका व्यक्तिहरुको आरडीटीको विधिबाट कोरोना परीक्षण शुरु गरेको हो ।

वैशाख १ गते नगरपालिकाले विदेशबाट आएका ३६ जनाको परीक्षण गर्ने क्रममा सनसिटीमा बसोबास गर्ने एकै परिवारका तीन जनाको रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि पीसीआरबाट परीक्षण गर्दा ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो। ५२ वर्षीया बुहारीको रिपोर्ट भने नेगेटिभ आएको थियो।