ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

७ वैशाख, सोलुखुम्बु ।
सेवामा खटिएका प्रहरी हवल्दारको आज मृत्यु भएको छ । अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज शिवप्रसाद भट्टराईको  बिहान करीब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख  टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएकामा बेहोश हुँदाहुँदै  मृत्यु भएको हो ।

भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा  दुई छोरा र एक छोरी छन् । अहिले उनको शव घर पठाउने तयारी भइरहेको  प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।