थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो

१० बैशाख, काठमाडौं । 
नेपालमा आज (बुधबार) पनि थप नयाँ ३ जना कोरोना संक्रमित  व्याक्ति थपिए सँगै संक्रमितको संख्या ४५ पुगेको छ। 

स्वास्थ्य मन्त्रालका अनुसार आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको पोजेटिभ देखिएको हो ।

संक्रमितहरु क्रमशस् २४, ६० र ७२ वर्षका पुरुष छन् । नयाँ संक्रमित ३ जनालाई पनि मोरङको विराटनगरस्थित कोशी अस्पताल लगिएको छ ।
 
यसअघि उदयपुरमा १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । हालसम्म नेपालमा ७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।