हवाई उडान जेठ २ गतेसम्म बन्द गर्न उच्चस्तरीय समन्वय समितिको सिफारिस

हवाई उडान जेठ २ गतेसम्म बन्द गर्न उच्चस्तरीय समन्वय समितिको सिफारिस

१३ वैशाख, काठमाडौं । 

आन्तरिक एवम् वाह्य हवाई उडानमा गरिएको बन्द जेठ २ गतेसम्म कायम रहने भएको छ ।

शनिबार बसेको कोरोना भाइरस रोकथामसम्बन्धि उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्न समितिले सिफारिस गरेको छ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार आज बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई बन्द गर्न सिफारिस गरेको जनाएको छ।