१ हजार दरका नक्कली नेपाली रुपैंया प्रहरीद्धारा बरामद

१ हजार दरका नक्कली नेपाली रुपैंया प्रहरीद्धारा बरामद
तस्विर सौजन्य : Bigstock

माघ २७, काठमाडौं । टोखा नगरपालिका १० गणेशस्थानबाट १ हजार दरका १ सय ५२ थान नक्कली नेपाली रुपैंया शनिबार राति प्रहरीले बरामद गरेको छ ।

गौतम श्रीपालीको घरमा डेरा गरी बस्ने हिक्मत मियाको कोठामा पलङ मुनी लुकाईछिपाई राखेको नक्कली नेपाली रुपैंया १ हजार दरका ११ थान र सोही घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरको कोठाबाट नक्कली नेपाली रुपैयाँ १ हजार दरका १ सय ४१ थान फेला पारी बरामद गरेको हो ।

हिक्मत मिया र पोमबहादुर कुँवरको कोठामा नक्कली जाली नोटको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीको टोलिले सो रकम बरामत गरेको बताएको छ ।

हिक्मत मिया र पोमबहादुर कुँवरको फरार रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।