भीम रावलका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

भीम रावलका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं, ३१ बैशाख । 
पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका  जवान भक्तपुरमा बस्दै आएका थिए । 

केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए । 

उनको सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको उनको हाल टेकु अस्पतालमा उपचार भइरहेको छ ।