सीमा सुरक्षाका लागि दार्चुलाको छाङ्गरूमा सशस्त्रको बिओपी स्थापना

सीमा सुरक्षाका लागि दार्चुलाको छाङ्गरूमा सशस्त्रको बिओपी स्थापना
तस्विर सौजन्य : APF

काठमाडौं, ३१ बैशाख । 
लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि आज (बुधबार) देखि सशस्त्र प्रहरी बलको टोली खटिएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको हो।

नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि अहिले चौतर्फी विरोध भएपछि सरकारले सीमा रक्षाका लागि त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको हो।

सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी छन्।

सरकारले गत मंसिरमा नै देशैभरी ११४ बिओपी स्थापना गर्ने निर्णय गरेपनि त्यसपछि हालसम्मा जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको थियो ।