भारतमा लकडाउन थप एक महिना बढाइयो

भारतमा  लकडाउन थप एक महिना बढाइयो

१७ जेठ, काठमाडौं । 
भारत सरकारले लकडाउनको अवधि एक महिना थप गर्दै पाँचौ चरणको लकडाउन जुन ३० सम्म लागू गर्ने निर्णय गरेको छ ।

यसअघि मे ३१ सम्मको चौथो चरणको लकडाउन सकिनै लाग्दा संक्रमणले दिनप्रतिदिन नयाँ रेर्कड कायम हुदै गएपछि लकडाउन अवधी थप एक महिना बढाएको हो । 

भारत सरकारले संक्रमण नदेखिएका ठाउँमा भने खुकुलो बनाउदै लैजाने निर्णय गरेको छ । संक्रमण भेटिएको क्षेत्र बाहिरका क्षेत्रमा चरणबद्ध रुपमा सबै चिज सुचारु गरिने बताइएको छ ।

पहिलो चरणमा जुन ८ देखि सबै धार्मिक स्थल, होटेल, रेस्टुरेन्ट, सैलुन र सपिङ सेन्टर तथा मलहरु खोलिने छ । यो चरणलाई ‘अनलक–१’भनिएको छ ।

त्यस्तै दोस्रो चरणमा विद्यालय, कलेजलगायतका शिक्षण संस्थाहरु राज्य सरकारहरुसँगको परामर्शमा खोलिने बताइएको छ । त्यस्तै एउटा राज्यबाट अर्को राज्यको यात्रामा लागेको प्रतिबन्ध पनि हटाइएको छ । अन्तर्राष्ट्रिय हवाई उडान, मेट्रो रेल सञ्चालन, सिनेमा घर, जिम, स्विमिङ पुल, थियटरलगायतका क्षेत्र सुचारु गर्ने बारेमा भने तेस्रो चरणमा निर्णय हुन सक्ने बताइएको छ ।