पर्वतमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुग्यो

पर्वतमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुग्यो

जेठ ३२, पर्वत । 
पर्वतको  कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा पुरिएरर मृत्यु हुनेको संख्या ८ पुगेको छ । 

पहिरोमा पुरिएकामध्ये ३ जनाको शव शनिबार राति नै  भेटिएको थियो भने बाँकी २ जनाको आइतबार बिहान र ३ जनाको शव आइतबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।

मृत्यु हुनेहरुमा ६० वर्षीय तुलबहादुर थापा, ५८ वर्षीया निमुकुमारी थापा, ३१ वर्षीया कृपा थापा, १५ वर्षीय विवेक थापा, १२ वर्षीय सुनिल थापा र ८ वर्षीया बेबिशा थापा, २८ वर्षीया कमला विक र १२ वर्षीय जेनिस विक रहेका छन् । स्थानियका अनुसार  दिउँसो साढे १ बजेसम्म पनि जेनिसा विक हराइरहेकी छिन् ।

बेपत्ताहरुको खोजी कार्यका लागि बिहान ६ बजेदेखि नै नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली परिचालन गरिएको थियो । 

घरदेखि करिब चार सय मिटर माथिको पहरे रानीवन सामुदायिक वनबाट खसेको पहिरो घरदेखि करिब ३० मिटर टाढाको सडक छिचोलेर घर पहिरोले पुरिदा परिवारका सबैजना सुतिरहेको अवस्थामा पुरिएको प्रहरी प्रारम्भिक अनुमान छ ।