संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतले पारित

संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतले पारित

असार ४, काठमाडौं । 
नेपालको संविधान दोस्रो संशोधन विधेयक राष्ट्रियसभाले पनि सर्वसम्मत रुपले पारित गरेको छ ।

बिहिवार सम्पन्न भएको मतदानमा राष्ट्रियसभाका ५८ सदस्यमध्ये  बैठकमा उपस्थित भएका सबै ५७ जना सांसदहरुले विधेयकको पक्षमा मतदान गरेका छन् । 

प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको सविधान संसोधन विधेयकमाथि राष्ट्रियसभामा मतदान शुरु भएको हो । राष्ट्रियसभाले पारित गरेपछि संघीय संसद सचिवालय संविधान संशोधन विधेयकलाई राष्ट्रपति कार्यालयमा प्रमाणिकरणका लागि पठाउने तयारी गरेको छ ।

नेपालको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्न सरकारले संविधान संसोधन विधेयक संसदमा दर्ता गराएको थियो ।