आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

१६ असार, काठमाडौं । 
नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो। 

अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ पर्नेछ।

भारतीय आयल निगमल पठाएको नयाँ खरिद मूल्यसूची अनुसार लागत बढेर आएपछि निगमले इन्धनको मूल्य बढाएको जनाएको छ ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।