कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

१७ असार, काठमाडौं । 
नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको आज बिहान निधन भएको छ ।

सांसद छन्त्यालको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको हो ।

कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित ‍छन्त्याल वि. स. २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन् ।

बागलुङको ढोरपाटन स्थायी घर भएकी छन्त्याल लामो समयदेखि महिला अधिकारका क्षेत्रमा लामो समयदेखि लड्दै आएकी थिइन् ।

दिवंगत सांसद छन्त्याल आज दिउँसो पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।