नेकपालाई लक्षित गर्दै बाबुरामले भने : कमरेडहरूलाई बहुमतको सरकार नपचेको जस्तो छ

नेकपालाई लक्षित गर्दै बाबुरामले भने : कमरेडहरूलाई बहुमतको सरकार नपचेको जस्तो छ

१८ असार काठमाडौं । 
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपालाई लक्षित गर्दै करिब दुइतिहाइ  बहुमतको सरकार नपचेको जस्तो छ भन्ने टिप्पणी गरेका छन् । 

बिहिबार आफ्नो ट्वीटर ह्यान्डलमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले भनेका छन्, 'कुनैकुनै प्रणीलाई घीउ पच्दैन रे! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ। त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो।'

भट्टराईले त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमाउनका लागि सबै सजग रहेर खबरदारी गर्नुपर्ने आशय ब्याक्त गरेका छन् । 

'सबै सजग रहौं र खबरदारी गरौं-यत्रो त्याग/बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !'

पछिल्लो समय पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको कार्यशैली प्रति  निरन्तर असहमतिका जनाइरहेका छन् ।