'इनफ इज इनफ' का अभियान्तालाई भेट्नअस्पताल पुगे प्रधानमन्त्री ओली

'इनफ इज इनफ' का अभियान्तालाई भेट्नअस्पताल पुगे  प्रधानमन्त्री ओली
तस्विर सौजन्य : प्रधानमन्त्रीको प्रेस सल्लाहकार

१८ असार, काठमाडौं । 
कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै अनसनरत  ‘इनफ इज इनफ’ अभियानका अभियान्ताहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली सडकमा सरकारका विरुद्ध प्रर्दशनको अगुवाई गर्ने ई: र पुकार बम लाई भेट्न श्रीमति राधिका शाक्यसहित धुम्बाराहीस्थित हृयाम्स अस्पताल पुगेका  हुन् । 

पाटनस्थित पाटन दरबार स्क्वायरमा ७ दिनदेखि अनसन बसेका अभियन्ताहरुको स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार नै हृयाम्स लगिएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले सरकारको ध्यानाकर्षण भएकाले अनसन जारी राख्नुनपर्ने पनि तथा सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको बताए ।

आरडीटी परीक्षण बन्द गर्नुपर्ने, सत प्रतिशत जाँच पीसीआर विधिबाटै गर्नुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको भन्दै सरकारबिरुद्य  ‘इनफ इज इनफ’ अभियान चलाएका थिए ।