बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन

बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन

१९ असार, काठमाडौं । 
बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको हृदयघातका कारण शुक्रबार निधन भएको छ ।

केही दिनदेखि बिरामी परेकी खानलाई सास फेर्न गाह्रो भएपछि मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा ७१ वर्षीया खानको निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् । 

करिब २ हजार फिल्ममा कोरियोग्राफी गरेकी खानले अन्तिम पटक कंगना रनावतको 'मणिकर्णिका' र 'कलंकु' का गीतमा कोरियोग्राफी गरेकी थिइन् । 

सन् १९७४ मा पहिलो पटक 'गीता मेरा नाम' बाट कोरोयोग्राफी सुरु गरेकी खानलले आफ्नो ४० वर्षे  कोरियोग्राफी करियरमा  ३ पटक नेशनल अवार्ड जितेकी थिइन् ।

शुक्रबार नै उनको अन्तिम संस्कार गरिने बताइएको छ । उनका एक छोरा र दुई छोरी छन् ।