मास्क नलगाई बाहिर हिँडडुल गर्नेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

मास्क नलगाई बाहिर हिँडडुल गर्नेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

२२ असार, काठमाडौं । 
मास्क नलगाइ घरबाहिर  हिँडडुल गर्नेलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । 

कोरोनाभाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि गृह मन्त्रालयले सोमबार प्रशासन र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गर्दैबिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हो।

सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहका सुचना अधिकारी  उमाकान्त अधिकारीले बताए ।

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएयता बजारमा मानिसको भिड अत्याधिम मात्रामा बढेको छ ।