बर्षा र संजोगले गरे इन्गेजमेन्ट, प्रेम दिवसको दिन बिवाह 

बर्षा र संजोगले गरे इन्गेजमेन्ट, प्रेम दिवसको दिन बिवाह 
तस्विर सौजन्य : facebook (sanjog koirala)


माघ २९, काठमाडौं । नायक संजोग कोइराला र नायिका बर्षा राउतले ७ वर्षदेखि एकअर्काको बिचको प्रेमलाई चाडै नै बिवाहको रुप दिने भएका छन् । उनीहरुले सोमबार इन्गेजमेन्ट गरेका छन् ।  

परिवारीक  उपस्थितिमा मात्र इन्गेजमेन्ट गरेको यो जोडी फागुन २ गते  प्रेम दिवसको अवसरमा विवाह गर्दै छ । 

उनीहरुको विवाहमा परिवारका सदस्य र केही निकट आफन्तहरुको मात्र उपस्थिति रहने बताइएको छ । २ गते विवाह गरिसकेपछि वर्षा र संजोगले ३ गते काठमाण्डौमा सिनेकर्मीका लागि पार्टीको आयोजना गरेका छन् । 

बिहेपछि यो जोडीले आफ्नो नामलाई समेत मिलाएर एउटै नाम बनाएको छ । अब यो जोडीको नाम ‘सन्सा’ राखिएको छ । यस अघि अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशीले पनि आफूहरुको नाम 'आयंका' राखेका छन् ।