प्रचण्डको सुरक्षामा खटिएका ६ जनामा कोरोना सङ्क्रमण

प्रचण्डको सुरक्षामा खटिएका ६ जनामा कोरोना सङ्क्रमण

काठमाडौं, २२ साउन ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का निजी सुरक्षा दलका ६ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रचण्डको निजी सचिवालयका अनुसार गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सुरक्षाकर्मीमा कोरोना संक्रमण दर तीव्र देखिएपछि प्रचण्ड निवासका सुरक्षाकर्मीहरूको कोरोना जाँच गरिएको थियो। बिहीबार आएको पीसीआर परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

सचिवालयका अनुसार निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको हो । पहिलो घेरामा रहेका सुरक्षाकर्मीमा भने सङ्क्रमण पुष्टि भएको छैन ।