प्रदेश २ का कानुन मन्त्रीलाई कोरोना सङ्क्रमण

प्रदेश २ का कानुन मन्त्रीलाई कोरोना सङ्क्रमण

काठमाडौं, २२ साउन । 
प्रदेश नम्बर दुइका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

बुधबार राति आएको रिपोर्टमा मन्त्री यादवको रिर्पोट कोरोना पोजेटिभ देखिएको हो । रिपोर्टमा मन्त्री यादवसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

मन्त्री यादवले साउन १८ गते काठमाण्डौबाट फर्केर १९ गते स्वाब संकलन गराएका थिए । मन्त्रीलाई कोरोना पुष्टि भएपछि  होम आइसोलेशनमा बसेका छन् भने मन्त्रालयको सम्पूर्ण कामकाज बन्द गरिएको छ । 

मन्त्री यादवले काठमाण्डौमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली, प्रहरी महानिरीक्षक र ७ वटै प्रदेशका आन्तरिक तथा कानुन मन्त्रीसँग भेट गरेका थिए । 

मन्त्रीलाई सङ्क्रमण पुष्टि भए पनि अवस्था भने सामान्य रहेको मन्त्री निकट स्रोतले जानकारी दिएको ।