संक्रमित बढेपछि काठमाडौँ जान-आउन पूर्ण रूपमा रोक

संक्रमित बढेपछि काठमाडौँ जान-आउन पूर्ण रूपमा रोक

२९ साउन, काठमाडौं । 
पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरुमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएपछि सुचना नआउदासम्म काठमाडौं उपत्यका  भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो।

गृह मन्त्रालयले साउन २८ गतेदेखी लागु हुने गरि पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो।

कोरोनाले महामारी रुप लिन थालेपछि मानिस आवतजावतका लागि सवारी पास भन्द गरिएको हो । पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन्।