लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

बुटवल, ३१ साउन । 
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । 

कपिलवस्तु–७ मायादेवीका ती ब्याक्ति साउन २९ गते निमोनिया भएर अस्पताल भर्ना भएको थिए । शनिबार बिहान ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिसिन डिपार्टमेन्ट प्रमुख डा. सुदर्शन थापाले जानकारी दिए ।

२९ गते नै ती ब्याक्तिको स्वाब परीक्षणका लागि पठाइएकामा ३० गते आएको रिपोर्टको नतिजा प्रस्ट नआएकाले पुनस् पीसीआर परीक्षणका लागि पठाइएको थियो । उक्त रिपोर्ट नआउँदै शनिबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमै एक्सपर्ट जाँच गरिएको डा. थापाले बताए ।

यसअघि पनि कपिलवस्तुका एक जनाको उपचारकै क्रममा बुटवलमा मृत्यु भएको थियो ।